Section 11
दर्ता खारेजी
(१) कर अधिकृतले देहायको कुनै अवस्थामा दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्नु पर्नछः-
(क) संगठित संस्था भए त्यस्तो संगठित संस्था बन्द बिक्री वा हस्तान्तरण भएमा वा अन्य कुनै किसिमबाट त्यस्तो संगठित संस्थाको अस्तित्व कायम नरहेमा
(ख) व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा
(ग) साझेदार संस्था भए त्यस्तो साझेदारी संस्था विघटन भएमा वा साझेदारको मृत्यु भएमा
(घ) दर्ता भएको व्यक्तिले कर लाग्ने कारोबार गर्न छाडेमा
(ङ) लगातार बाह्र महिनासम्म शून्य विवरण दिने वा विवरण नै नदिई बसेका करदाता भएमा
(च) विगत बाह्र महिनामा वस्तुको हकमा पचास लाख रुपैयाँर वस्तु तथा सेवा मिश्रित कारोबारको र सेवाको हकमा बीस लाख रुपैयाँकरयोग्य कारोबार नपुगेको करदाता भएमा
(छ) भूलवश दर्ता भएकोमा ।
(२) उपदफा (१) को खण्ड (च) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९ बमोजिम स्वेच्छिक रूपमा दर्ता भएका करदाताले आफ्नो दर्ता कायमै राख चाहेमा विगत बाह्र महिनाको अन्तिम विवरण साथ तोकिएको ढाँचामा दरखास्त दिएमा त्यस्ता करदाताको दर्ता कायमै रहनेछ ।
(३) दर्ता खारेजीको लागि कर विवरण पेश भएको पन्ध्र दिनभित्र करदाताले कर परीक्षणको लागि कागजात पेश गर्नु पर्नेछ र कर अधिकृतले त्यस्ता करदाताको कर परीक्षण गरी तीन महिनाभित्र दर्ता खारेज गरी वा दर्ता खारेज नहुने भए त्यसको जानकारी करदातालाई दिनु पर्नेछ । उक्त अवधिभित्र कर अधिकृतले दर्ता खारेज नगरेमा वा दर्ता खारेज हुने भनी निर्णय नगरेमा त्यस्तो अवधि पछिको कर विवरण करदाताले पेश गर्नुपर्ने छैन ।
(४) पहिले कर क्ट्री सुविधा लिई सकेका वस्तुमध्ये दर्ता खारेज हुँदाका बखत बाँकी रहेको पूँजीगत सामान समेतको मोज्दातलाई बजार मूल्यमा आपूर्ति गरेको मानी कर निर्धारण गरी असुल गरिनेछ ।
स्पष्टीकरण:यस उपदफाको प्रयोजनको लागि “पुँजीगत सामान” भन्नाले कुनै सम्पत्ति वा सम्पत्तिको कुनै भाग र कर लाग्ने कारोबारमा प्रयोग हुने सम्पत्ति सम्झनु पर्छ ।
(५) कर लाग्ने वस्तु वा सेवाको कारोबार हुँदा कुनै कुरा गरेको वा नगरेको कारणले यस ऐन बमोजिम गर्नुपर्ने कार्य तथा दायित्व बाँकी भएमा त्यस्तो करदाताको दर्ता खारेज हुँदैमा त्यस्तो दायित्वबाट त्यस्तो करदाताले उन्मुक्ति पाउने छैन ।
(६) दर्ता खारेजी सम्बन्धी अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ ।